किन लेख्ने तथा पुस्तक पढ्ने ?
हर मानिसभित्र घाउँ छ, कुनै न कुनै चोट नलागेको कोही छैन । कसैले आफ्नो चोटलाई घनत्वमा
महसुस गर्लान । कसैले अलि कम कोही देखाउँछन, कोही छुपाउँछन ।
कसैले व्यक्त गर्छन, कसैले गर्दैन्न । तर, घाउ नलागेको मान्छे हुँदैन । हामी मान्छे, आफ्ना
घाउलाई अनावश्यक गिजोलेर, चलाएर नमेटिने दाग बनाउन सक्छौं ।
हामी मान्छे, आफ्ना घाउलाई सकारात्मक तरिकाले लिएर सुन्दर
फूलमा पनि परिणत गर्न सक्छौं । घाउबाट खत बनाउने या फूल ? यी
दुईमध्ये कुन बाटो पक्रने भन्ने छनोट मान्छेकै हातमा छ । म आफ्ना घाउलाई दाग बनाउन
चाहान्नँ त्यसैले म पुस्तक पढ्छु अनि मन परेका कुरा लेख्छु ।
Comments
Post a Comment